२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


पूर्वपञ्चहरुबीच एकीकरण अभियानको सुरुआत


0
Shares

काठमाडौं, वैशाख ३१ । विभिन्न समूहमा विभाजित पूर्वपञ्चहरुबीच एकीकरण गराउने अभियानको सुरुआत भएको छ ।

राप्रपा नेपालले पार्टीबाट निस्कासन गरेका पूर्वमन्त्री केशरबहादुर विष्टले सो अभियानको नेतृत्व गरेका छन् ।

बिष्टले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गर्दाताकाको मान्यता, सिद्धान्त र आदर्शमा विश्वास राख्ने सबै शक्तिहरुलाई एकजुट हुन आग्रह गरे ।

सोही प्रयोजनका लागि आगामी जेठ २ गते बृहत्भेला आयोजना गरिएको र भेलाले संयुक्त महाधिवेशनको तिथि तय गर्ने जानकारी पनि उनले दिए ।

भेलामा राप्रपाका नेताहरु पशुपति शम्शेर राणा, प्रकाशचन्द्र लोहनीलगायतको सहभागिता रहने विष्टले बताए ।