
काठमाडौं, वैशाख ३१ । उपेन्द्र यादव संयोजक रहेको संघीय गठबन्धनले शनिबार (भोलि)देखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।
गठबन्धनका संयोजक यादवले शुक्रबार हामीसँग कुरा गर्दै राज्य पुनर्संरचना गर्नुपर्नेलगायतका माग राखेर शनिबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताए ।
सो गठबन्धनले शान्तिबाटिकामा प्रदर्शन, सिंहदरबार घेराउलगायतका कार्यक्रम पनि अघि सारेको छ ।
प्रतिक्रिया दिनुहोस्