
प्रतीक लामिछाने/नवीन स्थापित (इमेज)
काठमाडौं, वैशाख ३१ । गत वर्ष गएको विनाशकारी भूकम्पले देशका थुप्रै पुरातात्विक महत्वका संरचना ध्वस्त भए ।
यस्तै, मध्येको एक हो राजधानीको बसन्तपुर दरबार, हनुमानढोका क्षेत्र ।
तर, भूकम्प गएको एक वर्ष पूरा हुँदा पनि यो क्षेत्रमा पुनःनिर्माणको कुनै काम भएको छैन ।
काठमाडौं उपत्यकामाभित्र पर्ने विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरुमध्येको एक महत्वपूर्ण सम्पदाको रुपमा बसन्तपुर दरबार र यस क्षेत्रका विभिन्न मठ–मन्दिरलाई लिइन्छ ।
गत वर्ष वैशाखमा गएको भूकम्पले यस क्षेत्रका धेरैजसो मठ–मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाहरुमा ठूलो क्षति पु¥यायो ।
बसन्तपुरको ९ तले दरबार, गद्दीबैठक, हनुमानढोका, काष्ठमन्डप, माजुदेगलगायतका करिब दुई दर्जन सम्पदाहरुमा क्षति पुगेको थियो ।
तर, भूकम्पको एक वर्षसम्म पनि यी क्षेत्रका सम्पदाहरुको पुनःनिर्माणको काम आँखाले देख्नेगरी हुन सकेको छैन ।
तर, पुरातत्व विभागले भने अहिलेसम्म ५० प्रतिशतभन्दा बढी काम भैसकेको दाबी गरेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्