
काठमाडौं, वैशाख ३१ । हिज्बुल्लाहका वरिष्ठ कमान्डर मुस्तफा अमिन बादरेदिन सिरियामा मारिएका छन् ।
सिरियाको दमस्कसमा भएको विस्फोटकाक्रममा उनी मारिएको हिज्बुल्लाहले जनाएको छ ।
बादरेदिनको मृत्युबारे विज्ञप्ति निकाल्दै हिज्बुल्लाहले इजरायलले गरेको आक्रमणमा उनी मारिएको जनाएको हो ।
सन् १९८२ देखि हिज्बुल्लाहको वरिष्ठ कमान्डर रहेका बादरेदिनकै नेतृत्वमा विभिन्न हिंसात्मक घटना गराइएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्