
प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, वैशाख ३१ । मौसम परिवर्तनसँगै विभिन्न रोगको संक्रमण बढ्दै जाने गरेको छ । खानेपानी र सरसफाइको अभावमा गर्मी महिनामा यस्ता रोगको संक्रमण बढ्ने गरेको हो ।
यस्ता रोगबाट बच्न खानपान र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् ।
मौसम परिवर्तनको हरेक सिजनमा स्वास्थ्यसम्बन्धी समस्याबाट आम मानिस प्रताडित हुने गरेका छन् । झन् गर्मी महिना सुरु हुन थालेपछि त मुलुकको सबै भाग हिमाल, पहाड तराईमा विभिन्न रोगको संक्रमण भटाभट सुरु हुन थाल्छ ।
सफा पानी पिउने तथा स्वच्छ र सन्तुलित खानेकुरामा ध्यान नदिँदा मानिसहरु यस्ता रोगको शिकार हुने गर्दछन् । फोहोर पानी र असन्तुलित खानाका कारण गर्मी महिनामा रोगको बढी संक्रमण हुने गरेकाले विशेष ध्यान दिन चिकित्सकहरु सुझाउँछन् ।
सरसफाइको अभावका कारण झाडापखालाका बिरामी पनि बढ्न थालेको चिकित्सक बताउँछन् ।
गर्मी महिनामा लामखुटेको प्रकोप पनि बढी हुने गर्छ । जसकाकारण डेंगी जस्ता रोगको संक्रमणको खतरा हुने गर्दछ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्