Logo ४ कार्तिक २०८२, मंगलबार | Wed Oct 22 2025


तराईमा दुई प्रदेश हुनुहुँदैन : मैनाली


0
Shares

काठमाडौं, वैशाख ३१ । नेकपा मालेका महासचिव सीपी मैनालीले तराईमा अलग एक वा दुई प्रदेश हुन नहुने बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय सार्वजनिक गर्न शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारका उपप्रधान एवं महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीसमेत रहेका मैनालीले तराईलाई हिमाल र पहाडबाट टुक्र्याउने षडयन्त्र भैरहेको भन्दै मधेसीहरुको मागबमोजिम प्रदेश दिन नहुने बताए ।

तराईमा एक वा दुई प्रदेश बनाउनु नेपालको हितमा नभएको भन्दै उनले विदेशी शक्ति र संकीर्ण मानसिकता भएकाहरुलेमात्र संविधान अपूरो भएको हावा फैलाइरहेको दाबी गरे ।