५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


भूकम्पपछि कर्तव्यपालनाकोक्रममा दिवंगत भएका सैनिकलाई मरणोपरान्त कदर


0
Shares

काठमाडौं, वैशाख ३१ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि कर्तव्यपालनाकोक्रममा दिंवगत भएका तथा बेपत्ता भएका नेपाली सेनाका सकल दर्जालाई मरणोपरान्त कदर गरेका छन् ।

शुक्रबार जंगीअड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति क्षेत्रीले कर्तव्यपालनाको सिलसिलामा दिवंगत भएका सैनिकहरुको उच्च मूल्यांकन गर्दै कदरपत्र तथा आर्थिक सहायता प्रदान गरेका हुन् ।

कदरस्वरुप प्रतिसैनिक १ लाख रुपैयाँ र भूकम्पमा परी बेपत्ता भएकाहरुका परिवारजनलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ प्रदान गरे ।

भूकम्पपछिको उद्धारकाक्रममा नेपाली सेनाका २१ र नेपाली सेनामा कार्यरत् १ सैनिकसमेत गरी जम्मा २२ जना दिवंगत भएको सेनाले जनाएको छ ।

सेनाले विभिन्न चरणमा गरेका खोजीकार्यहरुमा हालसम्म नेपाली सेनाका १ र गैरसैनिक २ सय २ जनाको शव फेलापरेको र त्यसमध्ये ६ जनाको पहिचान हुन नसकेको पनि सेनाले जनाएको छ ।