
हेटौंडा, वैशाख २८ । नेवाः सांस्कृतिक पुचः हेटौंडाले राजनीतिज्ञ, परराष्ट्र मामिला तथा सांस्कृतिक क्षेत्रमा सक्रिय हिरण्यलाल श्रेष्ठलाई भीमरथारोहण गरी अभिनन्दन गरेको छ ।
उनको जन्म वि.सं १९९८ साल वैशाख १८ गते मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भएको थियो ।
श्रेष्ठ मकवानपुर जिल्लाबाट दुईपटक सांसद बनेका थिए ।
शनिबार उनलाई प्रदेश नम्बर–३ का सभामुख सानुकुमार श्रेष्ठले सम्मान गरे ।
सम्मानित भएका श्रेष्ठले राष्ट्रको सेवामा आजीवन समर्पित भइरहने प्रतिबद्धता जनाए ।
उनलाई धिमे बाजागाजासहित रथमा राखी नगरपरिक्रमा गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्