१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


‘फास्ट ट्रयाक’ निर्माणमा प्रविधि र स्रोत दुबै हिसाबले नेपाल आफैं समक्ष : प्रधानमन्त्री


0
Shares

काठमाडौं, वैशाख ३१ । आगामी आर्थिक वर्ष २०७३/०७४ को नीति तथा कार्यक्रम पारित भएको छ ।

सोमबार राष्ट्रपति विद्या भण्डारीले संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि लगातार तीनदिन छलफल भइ शुक्रबार बहुमतबाट पारित भएको हो ।

नीति तथा कार्यक्रमबारे छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको नयाँ बाटो लिने उद्देश्यसहित ठोस नीति तथा  कार्यक्रम ल्याइएको दाबी गरे ।

चालु आर्थिक वर्ष आर्थिकबृद्धि १ प्रतिशत तल जानुमा ७ महिनाअघि गठन भएको यो सरकारको कार्यक्षमताको कमजोरी भन्न नमिल्ने पनि उनले बताए ।

भूकम्प र नाकाबन्दी नै आर्थिकबृद्धि खुम्चनुका प्रमुख कारण रहेको उनले स्पस्ट पारे ।

काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणमा प्रविधि र स्रोत दुबै हिसाबले नेपाल आफैं समक्ष रहेको र संसदीय समितिहरुले पनि आफैंले बनाउँदा लाभ हुने भनी निर्देशन दिएकाले उक्त प्रस्ताव गरिएको उनले बताए ।

यसअघि, नेपाली कांग्रेसका नेता एवं पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले भने एमाले राष्ट्रवादका नाममा उक्त द्रुतमार्ग बन्ने नदिने खेलमा लागेको आरोप लगाएका थिए ।