३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


आगामी बजेट कस्तो आउला ?


0
Shares

काठमाडौं, वैशाख २८ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटको तयारीमा अर्थ मन्त्रालय व्यस्त छ ।

आगामी बजेट कस्ता आउनुपर्छ भनेर संसदसहित संसदीय समितिमा छलफलसमेत भइसकेको छ भने निजी क्षेत्र एवं आर्थिक क्षेत्रले अर्थ मन्त्रालयलाई सुझावसमेत दिइसकेका छन् ।

जसले जे–जस्तो सुझाव दिएपनि आगामी बजेट निर्वाचनकाक्रममा नेकपाको घोषणापत्रलाई आधार बनाएर ल्याउने अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा भनिसकेका छन् ।

यसअर्थले आगामी बजेटमा वृद्धभत्ता बढ्ने निश्चितप्रायः छ भने कर्मचारीहरुकोसमेत तलब, सुविधा बढ्ने देखिन्छ ।

हालै संसदबाट बहुमतले पारित नीति तथा कार्यक्रमको जगमा बजेट आउने भएकाले सडक, पुल, विद्युत्, सिँचाइ, खानेपानी र भवन निर्माणलगायतका आयोजनाहरू सम्पन्न गर्न बजेट विनियोजन हुने देखिन्छ ।

यस्तै, कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र विशिष्टीकरणमार्फत् उत्पादन र उत्पादकत्व वृद्धि, व्यावसायिक लागत न्यूनीकरण गर्न र लगानीको वातावरणलाई अनकूल बनाउन लगानीसँग सम्बन्धित नयाँ कानुनी तथा संरचनागत व्यवस्थाहरूको शीघ्र कार्यान्वयनलाई ध्यान दिनेगरी बजेट प्रस्तुत् हुने देखिन्छ ।

उच्च र दीगो आर्थिक वृद्धिदर हासिल गर्न सघाउ पुर्‍याउने द्रुतमार्ग एवं रणनीतिक र आर्थिक तथा व्यापारिक केन्द्र जोड्ने सडक निर्माण, रेलमार्ग, जलमार्ग, विमानस्थल र सहरी पूर्वाधार विकास निर्माणकार्यलाई प्राथमिकतामा राखेर बजेट आउने देखिएको छ ।