
काठमाडौं, जेठ १ एनसेल कर विवाद सल्टिएको भए पनि स्विडेनको बहुचर्चित टेलिकम संस्था टेलियासोनेराले मलेसियास्थित एक्जिटा कम्पनीलाई आफ्नो कम्पनी बेच्ने क्रममा गरेका केही रहस्यमय गतिविधिबारे जानकारी प्राप्त भएका छन् ।
प्राप्त जानकारीअनुसार माघ ८ गते शुक्रबार (जनवरी २२) अबेर त्रिभुवन विमानस्थलमा एउटा प्राइभेट जेट (फ्लाइट नम्बर जे ई एफ ३३) अवतरण भएको थियो टेलियासोनेराका वरिष्ठ अधिकारी र एनसेल ग्रुप कार्यकारी प्रमुख जोहन डेनलिन्डलाई लिएर । साथमा डेनलिन्डका स्विडिस अंगरक्षक पनि थिए ।
त्यो विमानको अवतरण र प्रस्थानलाई लिएर अहिले छानबिन हुन लागेको एक उच्चस्तरीय सरकारी स्रोतले बतायो । विमान फिनल्यान्डबाट भाडामा लिइएको थियो र बाकु (अजरबैजान) मा रिफ्युल गरिएको थियो ।
उक्त टोलीले उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट गरेको थियो । त्यही दिन मलेसियाबाट काठमाडौं एक्जिटाका कार्यकारी प्रमुख जमालुद्दिन अब्राहम पनि एनसेलका स्थानीय सेयरहोल्डर सतीष आचार्यद्वारा समन्वय गरिएका ती बैठकमा सामेल थिए ।
यो उच्चस्तरीय आगमनभन्दा पहिला र पछि पनि डेनलिन्डका पुराना साथी र टेलियासोनेराका अर्का ‘स्टाफु सलामन वेकले नेपालमा एनसेल प्रकरणलाई निष्कर्षमा पुर्याउन आउने–जाने गरेका थिए ।
गत दुई वर्षमा उनी झन्डै दसपल्ट नेपाल आएका थिए र ‘डिलु लाई सहज बनाउन उनले विभिन्न व्यापारी, सम्पादकहरू र प्रशासकहरूसँग भेटघाट गर्ने गरेको स्रोतले बतायो ।
उनले आन्तरिक राजस्व विभाग प्रमुख चूडामणि शर्मालाई भेट्ने प्रयास गरेको तर प्रत्यक्ष भेटघाट हुन नसकेको स्रोतले बतायो । एनसेल प्रकरणमा निर्धारित कर तिर्न कसरी टार्ने भन्ने सेरोफेरोमा विभिन्न भेटघाट भएको पनि स्रोतको दाबी छ ।
हालै करिब दस अर्ब रुपैयाँ कर तिरेपछि टेलियासोनेरा पदाधिकारीले आफूहरूलाई ‘कर तिर्नु पर्दैनु भनेर नेपाली अधिकारीले नै भन्दै आएको दाबी गरेका छन् ।
तर किन उनीहरूले अन्त्यमा कर तिर्नुपर्यो र कस्ता आश्वासन नेपाली अधिकारीहरूबाट प्राप्त भएका थिए भन्नेबारे भने टेलियासोनेराका पदाधिकारीहरूले खुलाएनन् ।
माघ ९ गते बिहानै ९जनवरी २३० दुवै कार्यकारी प्रमुखले नेपाल छाडे तर डेनिलिन्ड भने त्यो प्राइभेट जहाजबाट नगई अन्य वायुसेवाबाट फर्के । निजी विमानमा सलामन वेकलेसहित पाँचजना स्विडिस उच्च पदाधिकारीहरू थिए ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्