
काठमाडौं, जेठ १ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको पराकम्प गएको छ ।
शनिबार विहान ५ बजेर ५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
यसअघि शुक्रबार विहान पनि १ बजेर ९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्प गएको थियो ।
गत वर्षको वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि त्यसयता लगातारजसो पराकम्प गइरहेको छ । अहिलेसम्म ४ रेक्टर स्केलमाथिका मात्रै ४ सय ५७ वटा पराकम्प गइसकेका केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्