५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


एक सातादेखि बन्द कर्णाली राजमार्ग खुल्यो


0
Shares

जुम्ला, जेष्ठ १ । यातायात व्यवसायीबीचको आपसी विवादले एक सातादेखि बन्द रहेको कर्णाली राजमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ ।

विहान साढे ६ बजे शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले स्कटिङ गरेर यातायात सञ्चालनमा ल्याएको हो ।

बाटोमा कसैले सवारी साधन रोक्न खोजे कडा कारवाही गर्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।