२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


नइ पुरस्कार वितरण


0
Shares

काठमाडौं, वैशाख २८ । नइ प्रकाशनले नेपाली साहित्यमा योगदान पुर्‍याउने विभिन्न स्रष्टाहरुलाई पुरस्कृत गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली भाषामा कलम चलाउने भारतीय साहित्यकारद्वय १०१ वर्षीय हाइमनदास राई किराँत र ८६ वर्षीया डा. लक्खीदेवी सुन्दासलाई संयुक्तरुपमा दुई लाख रुपैयाँ राशीको नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा साहित्य क्षेत्रमा योगदान पुर्‍याउने २० जना विद्यार्थी तथा अन्य स्रष्टाहरुलाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले सम्मानित गरेका थिए ।

कार्यक्रममा जोशीले भौतिक विकासलेमात्र मुलुकको समृद्धि सम्भव नभएको भन्दै यसका लागि भाषा र संस्कृतिको विकासमा पनि जोड दिनुपर्ने उल्लेख गरे ।

सक्रिय जीवन बिताउने हो भने जो–कोही पनि दीर्घजीवी हुनसक्ने उनको भनाइ थियो ।

वि.सं. २०५२ सालमा स्थापना भएको नइ प्रकाशनले नेपाली स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ ।