
काठमाडौं, वैशाख २८ । रुकमांगत कटवाल ट्रष्टले गत वर्ष १५ लाख ५७ हजार रुपैयाँ बराबरको रकम छात्रवृत्तिमा खर्च गरेको जनाएको छ ।
शनिबार काठमाडौंमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ट्रष्टले यस वर्ष छात्रवृत्तिका लागि १७ लाखभन्दा बढी रकम शिक्षा, स्वास्थ्य, गरिबी निवारण र विपन्न व्यवस्थापनका लागि छुट्याइएको जनाएको हो ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सामाजिक सेवाको चुनौतीपूर्ण क्षेत्रमा ट्रष्टले गरेका कामको प्रशंसा गरिन् ।
ट्रष्टका अध्यक्ष रुकमांगत कटवालले गरिबी र बेरोजगारीका कारण शिक्षामा सीमान्तकृत वर्गको सहज पहुँच पुग्न नसकेको बताए ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीलाई ट्रष्टको आजीवन सदस्यता प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्