१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


सुनकोसीमा र्‍याफ्टिङको सुरुआत, नेपालसहित ३०० जनाले गरे जलयात्रा (भिडियो)


0
Shares

महेश काफ्ले/नवीन स्थापित (इमेज)
खुर्कोट (सिन्धुली), जेठ १ । पर्यटकमाझ अत्यन्तै रुचाइएको र्‍याफ्टिङ अब सिन्धुलीको खुर्कोटस्थित सुनकोसीमा पनि गर्न पाइने भएको छ ।

खुर्कोटमा गरिएको एक कार्यक्रममा एमाले नेता माधवकुमार नेपाललगायत करिब ३०० पर्यटकले जलयात्रा गर्दै सिन्धुलीको सुनकोसीमा र्‍याफ्टिङको सुरुवात गरेका हुन् ।

हिमाल, पहाड, खोलानाला, झरना, अनि उकाली–ओरालीको देश नेपालमा साहसिक तथा पर्यटकीय खेलको विशेष सम्भावना छ ।

नेपाली भू–बनोटमा सुहाउँदा विभिन्न साहसिक खेलमध्ये र्‍याफ्टिङ विशेष सम्भावना बोकेको खेल हो ।

लामो समयदेखि त्रिशूली, भोटेकोसीलगायतका नदीमा सन्चालन भइरहेको र्‍याफ्टिङ खेलले वर्षेनि हजारौं स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याइरहेको छ ।

यसैबीच, सिन्धुलीको खुर्कोटस्थित सुनकोसी नदीमा र्‍याफ्टिङको सुरुआत गरिएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।