२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


‘अन्तर्राष्ट्रिय बाघ तस्करको गिरोहमा संलग्न’ लामाले गरे हिरासतमै आत्महत्या


0
Shares

बर्दिया, जेठ १ । अन्तर्राष्ट्रिय बाघ तस्करको गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका शेर लामाले आत्महत्या गरेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको थुनुवा कोठामा रहेको शौचालयमा लामाले गलबन्दीको पासो लगाइ आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

हुम्लाको बरगाउँ निवासी ५७ वर्षीय लामालाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले बाँकेको मनिकापुरस्थित राँझाचोकबाट शुक्रबार पक्राउ गरेको थियो ।

जिल्ला वन कार्यालय कैलालीमा मुद्दा दर्ता रहेका लामालाई कैलाली लैजानेक्रममा रात परेपछि शुक्रबार बेलुकी बर्दिया राष्ट्रिय निकुञ्जको थुनुवा कोठामा राखिएको थियो ।