५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


दैलेख-कालीकोटमा पहिरो, एकको मृत्यु, एक बेपत्ता, ९ घर बगायो


0
Shares

दैलेख, जेठ १ । दैलेखको पिपलबोट गाविस–४ की ३५ वर्षीया गीता थापाको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

शुक्रबार राति गएको पहिरोले घरमा खाना पकाउँदै गरेकी थापाको घर पुरेको थियो । उनकी ५८ वर्षीया आमा धनादेवी पनि पहिरोमा पुरिएर सामान्य घाइते भएकी छन् ।

दैलेखमा चार र कालीकोटको सीमानामा पाँच घर पहिरोले बगाएको छ ।

पहिरोमा परी रंगबहादुर विक बेपत्ता भएको र खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब निरीक्षक वीरबहादुर ओलीले जानकारी दिए ।

पहिरो निरीक्षणका लागि पुगेका प्रजिअ लुकबहादुर क्षेत्रीले मृतककी आमालाई रु २५ हजार तत्कालीन राहत प्रदान गरे ।

पहिराले एक ट्रयाक्टर र एक मोटरसाइकलसमेत बगाएको छ । रासस