
नवीनराज कुइँकेल (इमेज)
लमजुङ, जेठ १ । अन्नपूर्ण पदयात्राकाक्रममा मनाङको सरिबुङ क्षेत्रमा अलपत्र परेका २० जना पर्यटकको उद्धार भएको छ ।
अलपत्र परेको झन्डै १५ घन्टापछि सिम्रिक एअरको हेलिकोप्टरबाट उनीहरुको उद्धार गरिएको हो ।
उद्धारपछि दुईजना नेपाली र दुईजना जर्मन नागरिकलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
आरोही टिममा रहेका १६ जना नेपाली नागरिकलाई मनाङको फु गाविसको वडा नम्बर–९ मा रहेको गुम्बामा राखिएको मनाङका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।
उद्धार गरेर काठमाडौं पठाइएकामध्ये नेपाली नागरिक नुवाकोट जिल्ला लप्चाङ–३ का होमबहादुर गलान र नुवाकोटकै आइते तामाङ छन् भने जर्मनी नागरिक टोबियस् ग्रोएनेन र गुड्रन इग्रिड रहेका छन् ।
हाइअल्टिच्युटका कारण उनीहरुमा हातखुट्टा झमझमाउने, आँखा नदेख्ने समस्या देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्