
काठमाडौं, जेठ १ । मोहन वैद्य नेतृत्वको माओवादी पार्टी फेरि विभाजित भएको छ ।
सो पार्टीका महासचिव रामबहादुर थापापक्षले शनिबार थापालाई अध्यक्ष घोषणा गरेपछि नेकपा क्रान्तिकारी माओवादी औपचारिकरुपमै विभाजित भएको हो ।
थापापक्षले एकीकृत माओवादीसँग पार्टी एकता गर्ने निर्णयसमेत गरेको छ ।
वैद्यलाई अन्तिम समयसम्म एकताका लागि मनाउने प्रयास गरेपनि वैद्य तयार नभएपछि थापा पक्षले पार्टी नै टुक्र्याएको हो ।
प्रतिक्रिया दिनुहोस्