
काठमाडौं, जेठ १ । एकीकृत माओवादीले विभिन्न टुक्रामा विभाजित माओवादी समूहहरुसँग एकता गर्ने निर्णय गरेको छ ।
एमाओवादीको शनिबार राजधानीमा बसेको केन्द्रीय समितिको बैठकले विभाजित सबै माओवादीहरुसँग एकताको प्रयास गर्ने निर्णय गरेको हो ।
केन्द्रीय समितिको बैठकले एकताका लागि हदैसम्म लचकता देखाउने निर्णय पनि गरेको जनाइएको छ ।
बैठकले राजनीतिक र सांगठनिक विषय टुंग्याएर दुई साताभित्र एकता प्रक्रिया टुंग्याउन पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मासमेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्