Logo ४ कार्तिक २०८२, मंगलबार | Wed Oct 22 2025


‘सरकार र मधेसी नेता दुबैले हठ त्याग्नुपर्छ’


0
Shares

काठमाडौं, जेठ १ । विभिन्न दलका नेताहरुले मधेसी मोर्चालगायतका समूहहरुलाई आन्दोलन छाडेर वार्तामा बस्न सुझाव दिएका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा कांग्रेस नेतृ सुजाता कोइरालाले आन्दोलन सफल हुनै नसक्ने भन्दै वार्ताबाटै समाधान खोज्न आग्रह गरिन् ।

यस्तै, एमाले नेता रघुवीर महासेठले मधेस समस्या राजनीतिक समस्या भएकोले सरकार र मधेसी नेता दुबैले हठ त्यागेर वार्ताबाट समाधान खोज्नुपर्ने बताए ।

त्यसैगरी, मधेसी मोर्चाका नेता राजकिशोर यादवले संविधान पुनर्लेखन हुनुपर्ने माग दोहोर्‍याए ।