Logo ४ कार्तिक २०८२, मंगलबार | Wed Oct 22 2025


दाहालले नै देउवासमक्ष ओली सरकार फेर्ने प्रस्ताव गरेका हुन् : सिटौला


0
Shares

चितवन, जेठ १ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मधेसी मोर्चालाई ‘धेरै कुनामा धकेल्न नहुने’ बताएका छन् ।

नेपाल प्रेस युनियनले शनिबार चितवनको भरतपुरमा गरेको पत्रकार भेटघाटमा उनले राजधानी केन्द्रित आन्दोलनमा लागेका मधेसी दलहरुलाई सुरक्षित अवतरणको मौका दिनुपर्ने बताए ।

कांग्रेस सरकार परिवर्तनको खेलमा नलागेको भन्दै सिटौलाले एमाओवादी अध्यक्ष दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष गएर केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार फेर्ने प्रस्ताव गरेको दाबी गरे ।

अहिलेकै परिस्थितिमा स्थानीय निकायको निर्वाचन कुनैपनि हालतमा सम्भव नहुने भन्दै उनले ‘राष्ट्रिय सहमति नभएसम्म स्थानीय निकाय निर्वाचनको औचित्य हुँदैन’–भने ।