
भक्तपुर, जेठ १ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले मुलुकको समस्या समाधान गर्ने जिम्मेवारी ठूलो दलको नाताले कांग्रेसको काँधमा आएको बताएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर–१ भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा उनले सबैभन्दा ठूलो दलको नाताले मुलुकमा देखिएका असहमतिबीचमा सहमति जुटाउने जिम्मेवारी कांगे्रसको काँधमा आएको बताए ।
कांग्रेस अस्थिरताको राजनीति गरेर देशलाई बर्बादीतर्फ लैजाने पक्षमा नरहेको बताउँदै संविधान कार्यान्वयन र मधेस समस्या समाधान गर्न कांगे्रसले राष्ट्रिय सहमति जुटाएर देशमा रहेको गतिरोधलाई निकास दिन लागिपरेको उनको भनाइ थियो ।
कांग्रेसलाई शुद्घीकरण गर्दै भ्रष्टाचारमुक्त र बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले पार्टीलाई संख्यात्मकभन्दा गुणात्मक किसिमले बलियो बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ, विश्वप्रकाश शर्मा, भक्तपुर जिल्ला अध्यक्ष दुर्लभ थापालगायतले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेसले संविधानको कार्यान्वयनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्