५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


राजदूत उपाध्याय आइतबार फिर्ता आउने


0
Shares

काठमाडौं, जेठ १ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय आइतबार (भोलि) स्वदेश फिर्ता हुने भएका छन् ।

त्यहाँ रहँदा राजदूत उपाध्यायको भूमिकाप्रति असन्तुष्टि जनाउँदै सरकारले उनलाई स्वदेश फर्किन निर्देशन दिएकाले उपाध्याय आइतबार स्वदेश फर्किन लागेका हुन् ।

आइतबार मध्यान्ह १२ः०० बजे नेपाल एअरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका उपाध्यायलाई पूर्वप्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो ।

१५ दिनभित्र स्वदेश फिर्ताका लागि सरकारले गत सोमबार राजदूत उपाध्यायलाई पत्र पठाएको थियो । पत्र पाएको एक साता पनि नबित्दै उपाध्याय स्वदेश फर्किन लागेका हुन् । रासस

फाइल फोटो