१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


पुराना गाडीहरु हेर्ने इच्छा छ ? आर्ट काउन्सिल जानोस् !


0
Shares

काठमाडौं, जेठ १ । राजधानीको नेपाल आर्ट काउन्सिलमा शनिबारदेखि भिन्टेज मोटर एक्स्पो–२०१६ सुरु भएको छ ।

भिन्टेज एन्ड क्लासिक मोटर इन्क नेपालले आयोजना गरेको एक्स्पोको संस्कृति पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री बलबहादुर महतले उद्घाटन गरे ।

प्रदर्शनीमा भक्सवागन, फोर्ड, अस्टिन, क्रिस्लर, मर्सिडिज, भल्भो, डेमलर, बीएमडब्ल्यु बक्सर, मिनी कुपर, सुपर विटललगायतका कम्पनीका पुराना गाडीहरु राखिएका छन् ।

प्रदर्शनीकै अवसरमा नेपालको ऐतिहासिक गाडीहरुको फोटो प्रदर्शनी, भिन्टेज गाडीहरुमा पेन्टिङ एवं ऐतिहासिक गाडी संरक्षणसम्बन्धी जानकारी प्रदान गरिएको छ ।

जेठ ३ गतेसम्म चल्ने प्रदर्शनीमा अटोमोबाइल क्षेत्रका व्यवसायी, संरक्षणकर्ता, नीति–निर्माता, कला क्षेत्रका व्यक्तिहरु एवं विद्यार्थीहरुको विशेष सहभागिता रहने आयोजकको विश्वास छ ।

यस्ता ऐतिहासिक गाडीहरुको संरक्षण, संवद्र्धन एवं प्रचार–प्रसार गर्नसके यसले नेपालको पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने आयोजककोे दाबीे छ ।