५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


एका विहानै भूकम्पको धक्का महसुस, निद्राबाट ब्यूँझायो


0
Shares

काठमाडौं, जेठ २ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर फेरि ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्प गएको छ ।

आज विहान ४ बजेर ३० मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

शनिबार विहान पनि ५ बजेर ५ मिनेटमा सिन्धुपाल्चोकमै केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको पराकम्प गएको थियो । विहानीको समयमा दैनिकजसो पराकम्पनहरु गइरहेका छन् । निद्रामै रहेका मानिसहरु पराकम्पनपछि ब्यूँजिएका थिए ।

गत वर्षको वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि त्यसयता लगातार जसो पराकम्प गइरहेका छन् । अहिलेसम्म ४ रेक्टर स्केलमाथिका मात्रै ४ सय ५८ वटा पराकम्प गईसकेको केन्द्रले जनाएको छ ।