
बिराज रोस्यारा (इमेज)
कैलाली, वैशाख २८ । कैलालीमा नदीमा डुबेर शनिबार दुई बालकको मृत्यु भएको छ ।
लम्कीचुहा नगरपालिका–७ स्थित रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–९ का मनोज चौधरीका ११ वर्षीय छोरा सुदीप र पर्शु चौधरीका ११ वर्षीय छोरा समीर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले नदीमा नुहाउन गएका बेला उनीहरु डुबेको जानकारी दिए ।
मृतक दुवै बालकको शव परीक्षणका लागि अहिले टीकापुर अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्