Logo ४ कार्तिक २०८२, मंगलबार | Wed Oct 22 2025


मधेसी मोर्चाले आज सिंहदरवार घेराउ गर्ने


0
Shares

काठमाडौं, जेठ २ । राजधानी केन्द्रित आन्दोलनमा उत्रेको मधेसी मोर्चाले आज मुलुकको मूख्य प्रशासकीय केन्द्र सिंहदरवार घेराउ गर्ने भएको छ ।

सिंहदरवार घेराउ गर्ने जनाए पनि आज मूख्य दुई केन्द्रमा मात्र शक्ति प्रदर्शन गरिने तयारी मोर्चाका दलहरुले गरेका छन् । माइतीघर मण्डला र बिजुलीबजार नाकामा मूख्य रुपमा शक्ति केन्द्रित गरिने मोर्चाका नेताहरुले जनाएका छन् ।

यसअघि शनिबार मोर्चामा आवद्ध दलहरुले राजधानीमा प्रदर्शन र कोण सभा गरेका थिए ।