२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


भारतलाई चिढाएर नेपाल अगाडि बढ्नै सक्दैन् : डा.अमरेशकुमार सिंह


0
Shares

काठमाडौं, जेठ २ । नेपाली कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले भारतलाई चिढाएर नेपाल अगाडि बढ्नै नसक्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार चीनले जोगाईदिएको दावी समेत गरेका छन्  ।

उनले पछिल्ला दिनहरुमा नेपालका नाममा चीन र भारतका बीच मनमुटाव सुरु भएको बताउँदै  यसले नेपाललाई  घात गर्ने बताए  । नेपालका नाममा दुई ठूला देश बीच तिक्तता बढ्यो भने नेपालकै अस्तित्वमा आँच आउने उनले बताए ।

उनले नेपाली राजनीतिका लागि भारत सजिलो बनेको बताउँदै नेपालमा भएका सबै क्रान्ति भारतकै सहयोगमा सफल भएका कारण भारतले चासो राख्नु स्वाभाविक भएको दावी गरे ।

वर्तमान सरकार गिराउन आफु सक्रिय रहेको खुलासा गर्दै डा. सिंहले भने,‘सरकार गिराउन भारतको सहयोग आवश्यक छैन् । पर्दा सरसल्लाह हुनु सामान्य हो ।’

कांग्रेसका सांसद समेत रहेका सिंहले संविधानले मधेसी जनतालाई अधिकारबाट बञ्चित  गरेको बताए । उनले आफ्नो अधिकारका लागि मधेसी मोर्चाले आन्दोलन गरेको दावी समेत गरे ।

देश भित्र आन्दोलन गर्न सक्ने वातावरण नभएका कारण आन्दोलनकारी सीमापार जानु परेको बताए ।

आइतवार ईमेज एफएमसंग कुरा गर्दै सिंहले भने नेपाल विस्तारै अन्तराष्ट्रिय शक्तिकेन्द्रको संजाल बन्दै गएको बताएका छन् । नेपालको राजनीतिप्रति भारतीय चासोलाई सामान्यरुपले लिनु पर्ने उनले बताएका छन् ।