५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


कृषकहरुका समस्या उठाइदिने इमेजकर्मी सम्मानित


0
Shares

कञ्चनपुर, जेठ २ । ग्रामिण क्षेत्रका कृषकहरुका समस्या उठान गरेको भन्दै नेपाल किसान पार्टीले कञ्चनपुरका ईमेज टेलिभिजन समाचारदाता डिल्लीराज पन्त सहित छ जना पत्रकारहरुलाई सम्मानित गरेको छ ।

शनिबार कञ्चनपुरको देखतभूलीमा किसान पार्टीको क्षेत्रिय भेला तथा साँस्कृतिक कार्यक्रममा कृषकहरुका समस्या उठान गरेको भन्दै सम्मान गरेको हो ।

सम्मान हुनेमा पत्रकार पन्त स्हित राजेन्द प्रशाद अवस्थी, राजेन्द्र पनेरु, चुडामणी अर्याल, मोहन विष्ट, र भाष्कर केसीलाई प्रमाण पत्रका साथै सम्मानित गरेको छ ।