१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


बृहत्तर विकासका लागि महत्वाकांक्षी योजना : प्रधानमन्त्री


0
Shares

काठमाडौं, जेठ २ । प्रधानमन्त्री केपी ओलीले मुलुकको बृहत्तर विकास र आर्थिक उन्नतिका लागि सरकारले महत्वाकांक्षी योजना ल्याएको जनाएका छन् ।

राजधानीमा राष्ट्रिय विकास परिषद बैठक उद्घाटन गर्दै ओलीले ठूला उपलब्धि छिटै प्राप्त गर्न महत्वाकांक्षी योजना आवश्यक पर्ने जिकिर गरे । आयात न्यून गरी निर्यात अभिबृद्धि गर्न स्वदेशी उत्पादन र सेवालाई सम्पूर्ण सामथ्र्यका साथ प्रयोग गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ ।

मधेशी दलले सीमा क्षेत्रमा गरेको आन्दोलनले मुलुकको आर्थिक स्थिति धराशायी बनेको बताउदै उनले अब शान्ति, अमनचयन, सुशासन र आर्थिक विकासका लागि सरकारले रणनीतिक योजनाहरु ल्याएको दावी गरे । विकास योजनाहरु पूरा गर्न सबैको साथ र सहयोग अपरिहार्य हुने उनले बताए ।

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय विकास परिषदले ल्याएको चौधौं योजना अनुरुप नै आगामी बजेट आउने भन्दै यसबारे साझा सहमति जुटाउन सरकार लागिपरेको जानकारी दिए ।

संविधानले निर्दिष्ट गरेबमोजिम पूर्वाधार विकास, रोजगारीको अवसर र उत्पादकत्वमा वृद्धि गरिने योजना सरकारको रहेको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले राष्ट्रिय विकास परिषदले लक्षित गरेको चौधौं योजनाको आधारपत्र पेश गरेका थिए । बैठक भोलिसम्म चल्नेछ ।