५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार कार्कीलाई


0
Shares

काठमाडौं, जेठ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै मुलुक सकारात्मक बाटोमा अघि बढेको दावी गरेका छन् ।

एमाले प्रचार विभागले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अब मुलुक विकास र प्रगतिको बाटोमा अघि बढ्ने भन्दै यसलाई आगामी बजेटले मूर्त रुप दिने बताए ।

आफ्नो सरकारले सोचे अनुसार काम देखाउन नसकेको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले अब केही समयभित्रै एमालेमा व्याप्त नकारात्मक प्रवृत्तिलाई अन्त्य गर्ने घोषणा गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले यो वर्षको मदन भण्डारी राष्ट्रिय राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई प्रदान गरे । पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।