
कञ्चनपुर, जेठ २ । कञ्चनपुरस्थित महाकाली नदीमा एउटा ट्याक्टर डुब्दा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झलारी पीपलाडी नगरपालिका–३ का बीरबहादुर डगौरा रहेका छन् ।
निर्माण सामग्री बोकेर सदरमुकामतर्फ जाँदै गरेको से१त ७६४८ नम्बरको ट्याक्टर भारतीय पक्षले अचानक बाँधको ढोका खोलेपछि डुबेको हो । बिना सूचना भारतीय पक्षले ढोका खोलेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
घटनाबारे भारतीय पक्षसँग वार्ता गर्न पहल भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता केदार घिमेरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्