
मध्यप्रदेश, जेठ ३ । मध्य प्रदेशको उज्जैनमा सिंहस्थ कुम्भ भेला सुरु भएको २५ दिन बितिसकेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि श्रीलंकाका राष्ट्रपतिसम्म कुम्भ मेलामा पुगिसकेका छन् ।
देश विदेशका साधुसन्तहरु कुम्भ मेलामा पुगेर स्थान गर्दैछन् ।
केही साधुको साधना शक्ति तीर्थालुहरुका लागि मूख्य आकर्षणको केन्द्र बन्ने गरेको छ । साधना शक्तिकै बलमा केही साधु हावामा उडेर तपस्या गरिरहेका देखिन्छन् भने केहीले काँडाको ओछ्यानमा सुतेर तपस्या गरिरहेका छन् । कोही भने खुट्टा ठाडो पारेर तपस्या गरिरहेका छन् ।
प्रत्येक १२ वर्षमा यो मेला लाग्ने गर्दछ । मेलामा नेपालबाट पनि ठूलो संख्यामा तीर्थालुहरु पुगेको जनाइएको छ ।
उल्लेखनीय छ, भारतमा यो मेलालाई निकै महत्व दिइएको छ । भारतीय जनता पार्टी कै नेतृत्वमा रहेको राज्य सरकारले मेला आयोजना गरेको हो । भारतीय जनता पार्टीलाई हिन्दु धर्म पक्षपाती पार्टीका रुपमा लिइन्छ ।
प्रतिक्रिया दिनुहोस्