२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सरकारले गलत निर्णग गर्दै गए चुप लागेर बस्दैनौं : सभापति देउवा


0
Shares

काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार मनपरी ढंगबाट चलिरहेको आरोप लगाउँदै अब कांग्रेसले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

प्रजातान्त्रिक बिचार समाजको २२ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा गरिएको कार्यक्रममा सभापति देउवाले सजग गराउँदा गराउँदै पनि सरकारले एकपछि अर्को गलत निर्णय गर्दै गएको आरोप लगाए ।

कांग्रेस अब चूप बस्दैन भन्दै उनले सय वर्षमा सात सय मेघावाट विद्युत उत्पादन गर्न नसकिएको अवस्थामा हावादारी कुरा गरेर सरकार जनतामा भ्रम छरिरहेको बताए ।

कांग्रेसलाई एकापसमा जुधाएर फाईदा उठाउनेहरु सक्रिय हुन थालेको भन्दै प्रजातन्त्रप्रति प्रतिबद्धहरुबीच एकताको खाँचो रहेको औल्याए ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले सरकार स्वतन्त्र न्यायालयलगायतका अंगमा हस्तक्षेपमा उत्रिएको भन्दै कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा नेपाल बार एशोशियशनका अध्यक्ष शेरबहादुर केसी, प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीलगायतले प्रजातान्त्रिक बिचार समाजले प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि काम गरिरहेको उल्लेख गरे । कार्यक्रममा किशुनजी नामक विशेष पुस्तिकाको विमोचन पनि गरिएको थियो ।