२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मधेसी मोर्चाका माग सम्बोधन गर्न सरकार तयार छ : उपप्रधानमन्त्री गच्छदार


0
Shares

विराटनगर, जेठ ३ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाका माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलन स्थगित गरेर वार्तामा आउन आग्रह गरेका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले सडक अबरुद्ध गरेर तथा सिंहदरबार घेरेर अधिकार प्राप्त नहुने बताए ।

उपप्रधानमन्त्री गच्छदारले सरकारले पटकपटक वार्ताका लागी मोर्चालाई आह््वान गरिरहेको भन्दै सहमतिको विकल्प नरहेको बताए । आन्दोलनले समस्या झन् बल्झाउने भएकाले वार्ताको विकल्प नभएको उनको भनाइ थियो ।