२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सिंहदरबार घेराउका क्रममा झडप, नागढुंगामा कडा चेकजाँच (भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं, जेठ ३ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले आज दोस्रो दिन पनि सिंहदरबार घेराउ गर्ने क्रममा सामान्य झडप भएको छ  ।

राजधानीको हनुमानस्थान, माइतीघर मण्डला र बबरमहलमा गठबन्धनमा आवद्ध विभिन्न दलका नेताले धर्नाको नेतृत्व गरेका छन् ।

हनुमानस्थानमा तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र फोरम गणतान्त्रिकका शीर्ष नेता धर्नामा सहभागी छन् भने माइतीघर मण्डलामा संघीय समाजवादी फोरम नेपाल र अन्य आदिवासी जनजातिसम्बद्ध दलले धर्ना दिएका छन् ।

सिंहदरबार घेराउका क्रममा माइतीघर मण्डलामा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । आन्दोलनकारीले प्रहरी घेरा तोडेर अघि बढ्न खोज्दा झडप भएको हो । झडपका क्रममा केही आन्दोलनकारी घाइते भएका छ ।

गठबन्धनका कार्यकर्ताले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै चर्को नारा लगाइरहेका छन् ।गठबन्धनमा आबद्ध दलहरुले संविधानमा आफूहरुका माग नसमेटिएको भन्दै राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।

यसैबीच गठबन्धनले गरेको सिंहदरबार घेराउका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । ठाउँठाउँमा ट्राफिक जाम भएको छ भने सवारी साधनलाई डाइभर्ट गरी भित्रिमार्गबाट सञ्चालन गरिएको छ ।

यस्तै नाढुंगामा पनि उपत्यका प्रवेश गर्ने सवारी साधनमाथि चेकजाँच कडा बनाइएको छ । नागढुंगामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आन्दोलनको बहानामा आपराधिक समूहले प्रवेश गर्ने अनुमान गरेर चेकजाँच कडा बनाएको हो ।