२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


अमेरिकाले मध्यपूर्वमा मिसाइल सुरक्षा प्रणाली पठायो


0
Shares

काठमाडौं । अमेरिकाले मध्यपूर्वमा मिसाइल सुरक्षा प्रणाली पठाएको छ ।

इरानसँगको सम्बन्धमा तनाव आइरहेका बेला अमेरिकाले मिसाइल सुरक्षा प्रणालीसहित एउटा लडाकु पानीजहाज पनि मध्यपूर्वमा तैनाथ गर्ने भएको छ ।

द युएसएस एरलिङ्टन नाम दिइएको सुरक्षा प्रणालीमा लडाकु जहाज र विमान रहेका छन् ।

यो गल्फमा रहेको द युएसएस अब्राहम लिंकन स्ट्राइक ग्रुपमा सामेल हुने अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कतारमा रहेको बेसमा युएस बी–५२ बमर्स पनि पुगेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

अमेरिकाविरुद्ध इरानबाट हुन सक्ने चुनौतिको प्रतिकारको तयारीका रुपमा पछिल्ला कदम चालिएको हुनसक्ने बताइएको छ ।

अमेरिकी सेनालाई इरानको तर्फबाट चेतावनी आएको भनिएको छ ।

अमेरिकाले चेतावनीका बारेमा विस्तृत जानकारी दिएको छैन । तर इरानले यसलाई निराधार भन्दै खारेज गरेको छ । (एजेन्सी)