२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


आन्दोलनकारीले बाटोमा हिँडिरहेका दुई विद्यार्थीलाई यसरी निर्घात् कुटे (भिडियोसहित)


0
Shares

अपडेटः
काठमाडौं, जेठ ३ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले सोमबार दोस्रो दिन पनि सिंहदरबार घेराउ गरेको छ ।

राजधानीको हनुमानस्थान, माइतीघर मन्डला र बबरमहलमा गठबन्धनमा आवद्ध विभिन्न दलका नेताले धर्नाको नेतृत्व गरेका हुन् ।

यसैबीच, आन्दोलनकारीले सोमबार बाटोमा हिँड्दै गरेका दुईजना विद्यार्थीमाथि निर्घात् कुटपिट गरेका छन् ।

माइतीघर मन्डलामा धर्नामा बसेका आन्दोलनकारीले अर्घाखाँचीका प्रकाश अधिकारी र रामप्रसाद पौडेललाई अन्धाधुन्द कुटेका हुन् ।

आँखामा चोट लागेका पौडेललाई अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको छ ।

मैतीदेवीमा सँगै डेरमा बस्ने उनीहरुमध्ये अधिकारी त्रिचन्द्र क्याम्पसमा विज्ञान संकायमा स्नातकका विद्यार्थी भएको र पौडेल शंकरदेव क्याम्पसका स्नातकोत्तरका विद्यार्थी भएको बुझिएको छ ।

हनुमानस्थानमा तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र फोरम गणतान्त्रिकका शीर्ष नेता धर्नामा सहभागी छन् भने माइतीघर मन्डलामा संघीय समाजवादी फोरम नेपाल र अन्य आदिवासी जनजातिसम्बद्ध दलले धर्ना दिएका छन् ।

सिंहदरबार घेराउकाक्रममा सोमबार माइतीघर मन्डलामा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ ।

आन्दोलनकारीले प्रहरी घेरा तोडेर अघि बढ्न खोज्दा झडप भएको हो । झडपकाक्रममा केही आन्दोलनकारी घाइते भएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्