२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


वैद्य पतन हुने गुरुङको चेतावनी


0
Shares

भक्तपुर, जेठ ३ । नेकपा क्रान्तिकारी माओवादीका नेता देव गुरुङले ‘पार्टी अध्यक्ष मोहन वैद्यले कम्युनिष्ट धार र राष्ट्रियताको विषयलाई छाडे पतन हुने’ चेतावनी दिएका छन् ।

रफत सन्चार क्लब भक्तपुरले सोमबार गरेको साक्षात्कारमा नेता गुरुङले एकीकृत माओवादीसँग छिट्टै हुने पार्टी एकतामा सहभागी नभए वैद्य पतन भएर जाने बताएका हुन् ।

उनले कम्युनिस्टहरुबीच एकताको विकल्प नभएको भन्दै वैद्यले ‘कम्युनिस्ट धार र राष्ट्रियताको मुद्दा छाडे बाबुराम भट्टराईकै स्थानमा पुग्ने’ बताए ।

नेता गुरुङले ‘एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो हठ त्यागेर भएका गल्तीको समीक्षा गर्दै अब नयाँ कार्यदिशातर्फ अघि बढ्न तयार भएकाले पार्टी एकीकरण हुन लागेको’ बताए ।

१३ बुँदे प्रस्तावका आधारमा एकीकरणको सहमति भएपनि पदीय बाँडफाँटको विषयमा भने कुनै छलफल नभएको उनको भनाइ थियो ।