
काठमाडौं, जेठ ३ । काठमाडौं, शंकरापुर नगरपालिका–१५ इन्द्रेणीका कुमार दनुवारको टहरा बनाउनेक्रममा सोमबार एकतला माथिबाट खसेर मृत्यु भएको छ ।
लडेर गम्भीर घाइते भएका उनको उपचारका लागि वीर अस्पताल ल्याउनेक्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाँट चाँदनीचोकनजिक आरजे बालुवा डिपोमा बालुवा भरी पछाडि हटाउनेक्रममा बा१ख ९८८६ नम्बरको मिनीट्रकले ठक्कर दिँदा घाइते भएका मकवानपुर आग्रा–८ का योगेश लामाको सहिद मेमोरियल अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको छ ।
यसैगरी, ललितपुर लुभु शंखादेवीस्थित सडकमा बा१क ५४८९ नम्बरको बालकुञ्ज उमाविका विद्यार्थी बोकेको बस सोमबार अनियन्त्रित भइ पल्टिँदा २० विद्यार्थी घाइते भएका छन् ।
उनीहरुको बीएन्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्