
काठमाडौं, जेठ ३ । सोमबार स्थानीय बजारमा सुनको मूल्य स्थीर रह्यो भने चाँदीको केही उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको भाउ प्रतितोला ५६ हजार ३ सय रुपैयाँमै स्थीर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य तोलमा एक सय रुपैयाँले कमी आएर ५६ हजार ३ सय रुपैयाँमा आइपुगेको थियो ।
सोमबार चाँदीको मूल्य भने ५ रुपैयाँले उकालो लागेर ७ सय ९० रुपैयाँ पुग्यो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय ८२ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्