३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


पाकिस्तानमा पानामा पेपर्सबारे छानबिन हुने, प्रधानमन्त्री शरीफलाई ‘टेन्सन’


0
Shares

काठमाडौं, जेठ ४ । पानामा पेपर्समा आफ्ना केही अधिकारीको नाम सार्वजनिक भएपछि पाकिस्तानले छानबिनका लागि एक आयोग गठन गर्ने भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले आफ्नो नामसमेत मुछिएकोमा आपत्ति जनाउँदै आफ्नो कुनै पनि सम्पत्ति अमुक नरहेको र विदेशमा एक पैसा पनि नपठाएको दाबी दोहोर्‍याउँदै यसमा छानबिन गर्न सांसदहरुलाई चुनौती समेत दिएका छन् ।

प्रधानमन्त्री शरीफको नाम पानामा पेपर्समा आएपछि पाकिस्तानी सांसदहरुले यसमा स्पष्ट पार्न शरीफलाई दबाब दिँदै आएका थिए । शरीफले भने आफू दोषी ठहरिएमा पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन् । (एजेन्सी)