
web pic
काभ्रे, जेठ ४ । सुनकोसी र इन्द्रावती नदीको संगमस्थल काभ्रेको दोलालघाटस्थित पशुपति बगरबाट नदीमा पौडी खेल्न गएका २ बालकको डुबेर ज्यान गएको छ ।
एक बालक बेपत्ता भएका छन् । मुत्यु हुनेमा दोलालघाट –४ का १० वर्षे सनोज पहरी र सोहि ठाउँका ११ वर्षे सञ्जीव ठकुरी छन् ।
१३ बर्षका नविन ठकुरी बेपत्ता भएका छन् । पौडी खेल्दै गर्दा हराएको सूचना पाए लगत्तै प्रहरी र स्थानीयबासिन्दाले खोजी गरेका थिए ।
दुई जनाको शव भेटिए पनि एक जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी नविनराज राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्