६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


शिक्षक नआउँदा सहयोगीको भरमा विद्यालय संचालन


0
Shares

ताप्लेजुङ, जेठ ४ । ताप्लेजुङको थेचम्बु गाविसस्थित एक विद्यालय कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको पाइएको छ ।

तीन जना शिक्षकको दरबन्दी भएको ज्योति सामुदायिक विद्यालयमा कोही पनि शिक्षक नआउँदा कार्यालय सहयोगी  रोमा राईको भरमा विद्यालय सञ्चालन भइरहेको हो ।

प्रधानाध्यापक कुमार दाहाल विद्यालयको काम भन्दा अन्यत्र काममा जाने गरेको स्थानीयबासिन्दा बताउँछन् । बालविकास दरबन्दीमा रहेका शिक्षकसमेत विद्यालयमा आउने गरेका छैनन् ।

२०६२ सालमा स्थापना भएको यो विद्यालयले कक्षा ५ सम्मको अध्यापन स्वीकृत पाए पनि विद्यार्थीको संख्या न्युन छ ।

विद्यालयको रेकर्डमा १८ जना विद्यार्थी देखिए पनि ५ वटै कक्षाका गरी जम्मा ७ जना मात्र विद्यार्थी विद्यालय आउने गरेको कार्यालय सहयोगी रोमा राईले जानकारी दिइन् ।

सदरमुकामदेखि तीन घण्टाको दुरीमा रहेको यो विद्यालयमा शिक्षक तथा प्रधानाध्यापक नहुँदासमेत जिल्ला शिक्षा कार्यालयले सुधारका लागि कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।