२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


रसुवागढी भन्सारबाट १ अर्ब ३७ करोड राजश्व असुली


0
Shares

रसुवा, जेठ ४ । रसुवागढी भन्सार कार्यालय टिमुरेले आर्थिक वर्ष २०७२/७३ को वैशाखसम्ममा लक्ष्यभन्दा दोब्बर बढी राजश्व संकलन गरेको छ ।

३९ करोड राजश्व असुली लक्ष्य राखेको कार्यालयले वैशाखसम्ममा १ अर्ब ३७ करोड राजश्व असुली गरिसकेको भन्सार अधिकृत श्यामकुमार बस्नेतले जानकारी दिए ।

आर्थिक वर्षको ६ महिनामै लक्ष्यअनुसारको राजश्व पुरा गरेको कार्यालयले आर्थिक वर्ष २०७२/७३ को अन्त्यसम्ममा २ अर्ब ५० करोड पुग्ने अनुमान गरिएको भन्सार अधिकृत बस्नेतले बताए ।

तातोपानी नाका बन्द भएपछि  रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसँगै भन्सार असुली पनि ह्वात्तै बढेको छ ।

अहिले केरुङ नाका हुँदै चिनिँया सामाग्री भित्रिने र नेपालबाट हस्तकलाको सामाग्री निर्यात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।