६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


कुवेत पुगेको एक हप्तामै नेपाली युवाको मृत्यु


0
Shares

म्याग्दी, जेठ ४ । रोजगारीका लागि खाडीमुलुक कुवेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ ।

एक हप्ताअघिमात्रै नेपालबाट कुवेत गएका मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजामगरको मृत्यु भएको हो ।

पारिवारिक स्रोतकाअनुसार शनिबार राति खाना खाएर सुतेका तिलीजाको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

बिहान नउठेपछि उनीसँगै कुवेत पुगेका नेपालीले परिवारलाई निधन भएको खबर गरेका थिए ।

म्यानपावर कम्पनीमार्फत् कानुनी प्रक्रिया पूरा गरेर कुवेत पुगेका तिलीजा कम्पनीमा काम सुरु गर्ने तयारीमा थिए ।

गरिबी, कमजोर पारिवारिक अवस्था, अस्थिरता र बेरोजगारीका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन विदेश गएका तिलीजाको पुगेको हप्ता दिन नपुग्दै निधन भएपछि परिवार र आफन्तजन शोकमा डुबेका छन् ।

शवलाई जतिसक्दो छिटो नेपाल ल्याउन पहल गरिदिन परिवारले कुवेतस्थित दूतावास, सम्बन्धित म्यानपावर कम्पनी र सरकारसँग आग्रह गरेका छन् ।

विवाहित तिलीजाका दुई सन्तान रहेका छन् । रासस