६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


सन्चारमाध्यमलाई पूर्णसमावेशी बनाउन सरकारसँग माग


0
Shares

काठमाडौं, जेठ ४ । नेपाली सन्चारमाध्यमलाई पूर्ण समावेशी बनाउन पत्रकारहरुले सरकारसँग माग गरेका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघले मंगलबार राधानीमा गरेको कार्यक्रममा पत्रकारहरुले सबै समुदाय, भाषा र संस्कृतिको आवाज प्रतिबिम्वित हुने गरी सन्चारमाध्यमलाई तत्काल समावेशी बनाउन माग गरेका हुन् ।

उनीहरुले सरकारी सन्चारमाध्यममा आदिवासी, जनजाति र उत्पीडित समुदायको आवाजलाई समावेश गर्न आग्रह गरे ।

कार्यक्रममा सन्चारमन्त्री शेरधन राईले महासंघले उठाएको माग समय सान्दर्भिक रहेको बताउँदै समावेशी सन्चारमाध्यमका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा समावेशी सन्चार नामक पुस्तक विमोचन गरिएको थियो ।