
प्रतीक लामिछाने/दिलिप पोखरेल (इमेज)
काठमाडौं, जेठ ४ । काठमाडौंमा पेट्रोलियम पदार्थदेखि खाना पकाउने एलपी ग्याससम्मको चरम अभाव भएका बेला घर–घरमा पाइपबाट ग्यास वितरण गर्ने तथा काठमाडौंमा विद्युतीय रेल र बस चलाउने घोषणा गरेसँगै प्रधानमन्त्री ओलीको विषयमा नकारात्मक चर्चा बढी हुन थाल्यो ।
तर, प्रधानमन्त्री ओलीले आफ्नो विकासे योजना सुनाउन छाडेका छैनन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले आफ्ना थप विकासे योजना सुनाउन भ्याए ।
पछिल्लो समयमा देशको कायापलट गर्ने उद्घोषकासाथ विकासे भाषण गरिरहेका प्रधानमन्त्री केपी ओली मंगलबार राजधानीको बबरमहलस्थित एउटा पार्टी प्यालेसमा आयोजित कार्याक्रममा थिए ।
कार्यक्रम हलमा सहभागी महिला एकापसमा कुराकानी गरिरहेकाबेला प्रधानमन्त्रीको बोल्ने पालो आयो, त्यसपछि हललाई शान्त बनाउन उनले भने–‘यो हाट बजार होइन शान्त रहन रहनुस् ।’
मदन भण्डारीदेखि राष्ट्रपति विद्यादेवी भण्डारीसम्मले नेपालको राजनीति र महिला आन्दोलनमा पुर्याएको योगदानको चर्चाबाट भाषण थालेका उनले पार्टीभित्रकै पछिल्लो प्रवृत्तिप्रति यसरी कटाक्ष गरे ।
यसपछि विकासप्रेमी भन्दै सुनाए प्रधानमन्त्री ओलीले आफ्ना भावी विकासे योजना । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्